नमराज न्यौपाने
कर्णाली प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय ,स्वास्थ्य सेवा निर्देशनालय अन्तरगतको खरिद तथा आपुर्ति शाखा साबिक क्षेत्रिय मेडिकल स्टोर हाल नेपालगन्ज,बाकेको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छा द्वारा भेटघाट गरिएको छ। उत्त भेटगाटका क्रममा यस साखाका नि.शाखा प्रमुख धर्मेन्द्र न्यौपाने द्वारा स्वागत गर्नुका साथै प्रदेश स्वास्थ्य सामग्री आपुर्ती र ब्यवस्थापनको बारेमा जानकारी गराउनुका भयको छ ।
स्थानिय तह सम्म सहज स्वास्थ सामग्री आपुर्तीको बारेमा जानकारी गराउनु भएको थियो । यसै गरि पलाँता गाउपालिकामा निर्माणधिन पन्ध सैया अस्पतालको लागि आवस्यक पर्ने औषधि र उपचार उपकरणको माग फारम बुझाईएको छ । विश्व माहामारि कोभिड १९ ले स्वास्थ्य सेवामा पारेको असर र पलाँताको स्वास्थ्य क्षेत्रलाई सुधार र ब्यबस्थित पार्नका लागि नि. शाखा प्रमुख धमेन्द्र न्यौपाने सँग भेटघाट गरि १५ सैयामा आबस्यक हुने मेडिसियन ब्यबस्थापन का लागि छलफल गर्नु भएको छ ।
फार्मेसी अधिकृत सातौ न्यौपानेका अनुसार कालिकोट जिल्लामा रहेका सम्पुर्ण स्वास्थ चौकी हरुमा औसधिको अभाव हुन नदिनुका साथै आफ्नो कार्यकाल सम्म कर्णालीका कुनै स्थानमा औसधि अभाव भै ज्यान नगुमाउने बतानुभयो । आफुले औसधि र उपकरण सयोग गर्ने, स्वास्थ्य सामाग्री नियमित सहज रुपमा आपुर्तीको लागि जिल्लासङ्ग समन्व गर्ने र औसधिको अभाव हुन नदिने, औसधिको भडारण र बितरणको लागि प्राबिधिक सहयोग आफ्नो शाखाले गर्ने बताउनु भयो । पलाँताको बडा नम्बर २ थाडिमा जन्मेका कार्यालय प्रमुख धर्मेन्द्र न्यौपानेलाई अध्यक्ष बमले यति सानो उमेरमा यो स्थानमा पुगेकोमा हार्दिक बधाई दिदै पलाँताको सम्पति भएको भनेर बधाई दिनु भएको छ ।
फेसबुकबाट प्रतिक्रिया दिनुहोस