कालिकोट जिल्ला स्थीत भिडिसेफ नेपाल कालिकोटले सेभ द चिल्ड्ेन संग साझेदारीका संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको समिक्षा सहित कर्मचारी बिदाइ कार्यक्रम सम्पन्न भएको छ । भिडिसेफ नेपाल कालिकोटका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद देवकोटाको अध्यक्षता र कालिकोट जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही को प्रमुख आतित्यथामा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
विदाइ कार्यक्रममा परियोजना को समिक्षा सहित संगै आ.व. २०७६÷०७७ को उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गरिएको हो । समिक्षाका क्रममा युवा सशक्तिकरण बुलगारी परियोजनाले सन २०१६ बाट कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा कार्यक्रम गर्दै आएको र यस अवधिमा पालिकाको माध्यामिक विद्यालयमा शैक्षिक उन्नतीका लागी बर्षरी सहयोग, अभिभावकलाइ उत्प्रेणा , विद्यार्थीको उपस्थीती परिक्षण , फलोअफ कार्ड वितरण , विद्यालयमामा विद्यार्थी निरन्तरताकालागी समिक्षा बठैक तथा अत्कृष्ठ बिद्यार्थी ,अभिभावक र बिद्यालय पुरस्कार जस्ता कृयाकलापले शैक्षिक अध्ययनका लागी महत्पुर्ण उपलब्धी भएको छ । साथै यस्ता उत्कृट क्रियायलाप आगामिका दिनहरुमा स्थानीय सरकार बाट लागु गर्नु पर्ने समिक्षा समेत भएको छ । यो परियोजनाले २८२ जना युवालाइ सिपमुलक र लघु उद्यम तालिम दिइ स्वरोजगार बनाएनुका साथै तिलागुफा नगरपालिका. मा स्याउको जाम र जडिबुटि चिया उत्पादन उद्योग समेत संचालनमा ल्यायको छ ।
नरहरिनाथ गाउँपालिकामा सर्बात्तम पिठो उत्पादन उद्योग पालिका संग साझेदारी गरि स्थापना गरिएको छ । जिल्लाको तिलागुफा नागरपालीका र नरहरीनाथ गाउपालीकामामा ा युवा सुचना केन्द्र स्थापना गरि संचालनमा ल्याएको छ ।यस्ता महत्पुर्ण क्रियाकलापले कालिकोट जिल्लाको समग्र विकासमा विषेश भुमिका खेलेको कार्यक्रमका सहभागी विच समिक्षा भएको छ । यो कार्यक्रममा आव २०७६÷०७७ मा संस्थाले योजना गरेका सबै क्रियाकलापको कार्यसम्पादन राम्रो गरेको र समुदायको विकासकालागी संस्थामा रहि अतुलनिय योगदान पुगायको भनि युवा सशक्तिकरण बुलगारी परियोजनाका परियो जना संयोजक भुपाल सिह बोहरा र फिल्ड कर्मचारी शंकर प्रसाद उपाध्यायलाई उत्कृष्ट कर्मचारीकारुपमा सम्मान गरिएको हो ।
कार्यक्रम का प्रमुख अतिथि शाही ले भिडिसेफ नेपालले युवा सशक्तिकरण बुलगारी परियोजना संचालन पछि कालिकोट जिल्लाको शैक्षिक तथा युवा रोजगारीका क्षेत्रमा महत्वपुण भुमिका खेलेकाले यस संस्थाद्धारा गरिएका क्रियाकलापले सरकारलाइ ठुलो सिकाइ भएको भन्दै संस्थाबाट गरिने क्रियाकलाप जिसस बाट गर्ने प्रतिवद्धता समेत गर्नु भयो भयो । भिडिसेफ नेपालका कार्यवाहाक अध्यक्ष नेत्रप्रसाद देवकोटले यो परियोजना अवधिभर आफ्नो कार्यभारपुरा गरि एक उपलव्धीमुलक संस्था स्थापीत गर्ने सबै कर्मचारीलाइ धन्यवाद दिदै नेपाल सरकारको साथ र सहयोग संस्थालाइ भया भने संस्थाबाट गरिने क्रियाकलाप उपलव्धीमुलक हुने बताउनु भयो ।
फेसबुकबाट प्रतिक्रिया दिनुहोस