पापी कैलास खोला बोलको गीत सार्वजनिक (रुवाउने भिडियोसहित)

0
सेयर
10
हेराई

मेरो जस्तै पीडा तिम्लाइ होला कि न होला
तिमी जस्तो निर्जिब होइन मानीसको चोला।
पापी कैलास खोला

केहि गरे नि सन्चो छैन। यो मुटु को घाउमा
मिल्ने भए मुद्दा हाल्थे खोला तिम्रो नाउमा
खाने बस्ने ठाउँ रहेन कठै मेरा गाउमा
यस्तो बिपत नपरोस है कसैको नि ठाउँमा
कतिको सिंदुर पुछि कस्कै फुकाइ चोला
स्वर्ग बासी ती सबैको आत्मा रुदै होला
यति ठूलो बिपत मानी कस्को मन न रोला।
तेरै हामी पुजा गर्थेउ पापी कैलास खोला।।
उर्लि आयो बाढी पहिरो बार बजे राती
सत्र जना सङै लग्योउ कैयौ धन्सम्पती
न त सम्झे आमा बुवा न त सम्झे साथी।
कस्ले होला सोचेको थियो यो ठूलो बिपति
मर्ने सबै मरिहाल्यौ बाच्ने लाई आपति
कति का त भेटिए न मरेका लास पनि
के खाने हो के लाउने हो का बस्ने बाँस पनि
अँखै चिम्ली सम्झयो भने रोकिन्छ सास पनि
जति मार्न खोजे पनि मर्दैन आश पनि

गायक जनक साउदको पापी कैलाशखोला बोलको गीत सार्वजनिक भएको छ । रामारोशन गाउँपालिका वडा नम्बर ५ मा रहेको सैनीबजारमा भदौ २ गते गएको बाढीको घटनासँग सम्बन्धीत गीत गायक साउँदले सार्वजनिक गर्नुभएको हो । आफ्नै शब्द सिर्जना तथा स्वरमा स्वरमा रहेको गीत मंगलबार साउदले आफ्नै जनक साउद नामक युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको छ। गायक हेमन्तकान्छा रसाइलीको लय संगीत र एरेन्ज रहेको भिडियो गीतको निर्देशन सुरेन्द्र संगमले गर्नुभएको हो । अमित विकको छायांकन, अनुप विकको सम्पादन रहेको म्युजिक भिडियोमा सुरेन्द्र संगम, सरस्वती वन र गायक साउँदको अभिनय रहेको छ ।

भदौ २ गते राती आएको बाढीले एकै परिवारका ७ जना सहित १७ जना बेपत्ता हुने गरी मानवीय क्षती पुगेको थियो । जसमध्ये ८ जनाको शव भेटिएको र ९ जना अझै बेपत्ता रहेका छन् भने लाखौ रकम बराबरको धनमाल क्षती भएको छ । बाढीले खेतबारी, पुलपुलेसा, विद्युत गृह, सडक लगायतमा क्षति गरेको थियो । गायक साउद रामारोशन क्षेत्रमै रहेर गीत संगीत क्षेत्रमा क्रियाशिल रहनुभएको छ । उहाँले यस अघि पनि अन्य गीत बजारमा ल्याइसक्नुभएको छ ।

कुसुम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ र मास्टरिङ रियाज रेकर्डिङ स्टुडियोका पुष्कर खत्रीले गर्नुभएको हो । श्री राम फिल्मसले दृश्य निर्माण गरेको गीत अछामको रामारोशन गाउँपालिकामा २०७७ भदौ २ गते गएको बाढी पहिरोबाट ज्यान गुमाउने १७ जनाको सम्झनामा तयार पारिएको हो । बाढी पहिरोमा ज्यान गुमाउने मध्ये ६ जना गायक साउदै परिवारका सदस्य रहेका छ । गीतको भावले प्रकृतिसंँग आक्रोश दर्साएको छ। गायक गीत मार्फत पनि बाढीमा ज्याउन गुमाउने १७ जनाको मृत आत्माको सान्तिको कामना गर्नुभएको छ ।

यो पनि पढ्नुहोस

फेसबुकबाट प्रतिक्रिया दिनुहोस

सिफारिस

छुटाउनुभयो कि?

अर्को समाचार