सुर्खेत कोरोना कहरले लामो समयदेखि बन्द रहेका बिरेन्द्र नगर नगरपालिकाको बोर्डिङ स्कुल तिहार अघि र मंसिर ३ देखि सञ्चालनमा आएका छन्।
लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन प्रभावित भएकाले विद्यालय सञ्चालन गरिएको प्रिरिन्सिपल सुबास अधिकारिले बताए। बोर्डिङ स्कुलमा कार्यरत शिक्षकको बैठकले गरेको निर्णय अनुसार स्कुल सञ्चालनमा आएको हो ।
कक्षा १ देखि १० सम्मका विद्यालयहरु सोमबारदेखि सञ्चालनमा आएको स्कुल सञ्चालनमा रहेका बेला सेवा क्षेत्रभित्र वा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकमा कोरोना देखिएमा अवस्था हेरेर विद्यालयले निर्णय गरेर विद्यालय बन्द गर्न सक्ने पिरिन्सिपलले बताए ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकोले नियमित रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर स्कुल सञ्चालन गरिएकोमा स्थानीय खुसी भयका हुन । ‘लामो समयदेखि बन्द रहेको स्कुल सञ्चालन भइ पठनपाठन हुन थालेपछि विद्यार्थी खुसी भएका छन्। आठ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन्।
फेसबुकबाट प्रतिक्रिया दिनुहोस